News Summary
Generated by OK AI. Editorially reviewed.- रेखा पौडेल सम्मिलित फ्नोम पेन क्राउन महिला एफसीले कम्बोडियाली महिला लिगको उपाधि जितेको छ ।
- फाइनलमा क्राउनले विसाखा एफसीलाई ३-० ले पराजित गरेको थियो ।
- क्राउनले सेमिफाइनलमा प्रीति राई आबद्ध प्रेह खान रिच स्वे रिएङ एफसीलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएको थियो ।
१३ असोज, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड रेखा पौडेल सम्मिलित फ्नोम पेन क्राउन महिला एफसीले कम्बोडियाली महिला लिगको उपाधि जितेको छ ।
सेप्टेम्बर २७ मा ओलम्पिक स्टेडियममा भएको फाइनलमा फ्नोम पेन्ह क्राउनले विसाखा एफसीलाई ३-० पराजित गर्दै उपाधि जितेको हो।
रेखा क्राउनको उपाधि यात्रामा महत्वपूर्ण खेलाडीका रूपमा रहेकी थिइन् । उपाधि जितेपछि उनले फ्नोम पेन्ह क्राउनको महिला टोलीको प्रतिनिधित्व गर्न पाएकोमा गर्व लागेको बताउँदै सिजनभरको मेहनत, सुधार र अनुभवलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेकी छन् ।
८ टोली सहभागी लिगमा पेन क्राउन लिग चरणको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा प्रीति राई आबद्ध प्रेह खान रिच स्वे रिएङ एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको थियो ।
रेखाले क्लबका लागि डेब्यू खेलमै गोल पनि गरेकी थिइन् । क्लबले लगातार चौथोपटक महिला लिगको उपाधि जितेको हो ।
रेखाले यसअघि यूएईमा अबुधाबी कन्ट्री क्लबबाट खेल्दै यूएई महिला लिग प्रथम डिभिजनको उपाधि पनि जितेकी थिइन् ।

प्रतिक्रिया 4