+

शुभम रन्जानेले विराटनगर किङ्सबाटै खेल्ने

२०८३ असोज  १२ गते १८:०८ २०८३ असोज १२ गते १८:०८

१२ असोज, काठमाडौं । अमेरिकाका अलराउन्डर शुभम रन्जानेले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि विराटनगर किङ्सबाटै खेल्ने भएका छन् ।

विराटनगरले सोमबार सामाजिक सञ्जालमार्फत रन्जानेलाई अनुबन्ध गरेको जनाएको हो । ३२ वर्षीय रन्जाने दाँयाहाते ब्याटिङ तथा मिडियम पेस बलिङ गर्छन् ।

उनले समग्र टी-२० क्रिकेटमा ७४ खेल खेल्दा ११७७ रन बनाएका छन् । २९ विकेट पनि लिएका छन् ।

यसअघि विराटनगरले श्रीलंकाका चरिथ असलंकालाई अनुबन्ध गरिसकेको छ ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुँदैछ ।

विराटनगर किङ्स शुभम रन्जाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय