+

मड्रिड डर्बीमा एट्लेटिको विजयी, १० खेलाडीमा सीमित रियल पराजित

२०८३ असोज  ४ गते २२:०४ २०८३ असोज ४ गते २२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एट्लेटिको मड्रिडले मड्रिड डर्बीमा १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले हराउँदै ला लिगामा महत्त्वपूर्ण जित निकालेको छ।
  • रियलका डिन हुइजसेन ५२औं मिनेटमा रातो कार्ड पाएपछि एट्लेटिकोले अलेहान्द्रो ग्रिमाल्डोको पेनाल्टी र जोनाथन डेभिडको गोलमा अग्रता लिएको छ।
  • यो जितसँगै एट्लेटिको ७ खेलमा १६ अंकसहित दोस्रो स्थानमा पुगेको छ भने रियल १५ अंकसहित तेस्रोमा झरेको छ।

४ असोज, काठमाडौं । एट्लेटिको मड्रिडले मड्रिड डर्बीमा १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले पराजित गर्दै ला लिगामा महत्त्वपूर्ण जित निकालेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियल ५२औं मिनेटमा डिन हुइजसेन रातो कार्ड पाएपछि १० खेलाडीमा झरेको थियो । त्यसको एक मिनेटपछि अलेहान्द्रो ग्रिमाल्डोले पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।

५९औं मिनेटमा जियोभानी सिमियोनेको पासमा जोनाथन डेभिडले दोस्रो गोल गरेपछि घरेलु टोली २–० ले अघि बढ्यो ।

रियलका एन्टोनियो रुडिगरले ८९औं मिनेटमा बर्नार्डो सिल्भाको असिस्टमा एक गोल फर्काए पनि त्यसपछि थप गोल गर्न सकेनन् ।

यो जितसँगै एट्लेटिकोले ७ खेलमा १६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित रियल १५ अंकसहित तेस्रोमा झरेको छ ।

शतप्रतिशत जितसहित बार्सिलोना २१ अंकका साथ शीर्षस्थानमा छ ।

एट्लेटिको मड्रिड मड्रिड डर्बी रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय