+

आठ गोलको रोमाञ्चक खेलमा सन्डरल्यान्डमाथि सिटीको जित

२०८३ असोज  ४ गते २०:४५ २०८३ असोज ४ गते २०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले आइतबार राति घरेलु मैदान इतिहादमा सन्डरल्यान्डलाई ५-३ ले हराएको छ।
  • सिटीका एन्टोइन सेमेन्योले २ गोल, रायन चेर्की, एन्जो फर्नान्डेज र एर्लिङ हालान्डले १-१ गोल गरे।
  • सन्डरल्यान्डका ब्रायन ब्रोबेले ह्‍याट्रिक गरे पनि टोली हारबाट जोगिन सकेन, र सिटी ५ खेलमा १५ अंकसहित शीर्षस्थानमा छ।

४ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार बेलुका म्यान्चेस्टर सिटी र सन्डरल्यान्डबीच भएको आठ गोलको रोमाञ्चक खेलमा सिटी ५-३ ले विजयी भएको छ ।

घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले बर्नमाउथलाई ५-३ गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा एन्टोइन सेमेन्योले २ गोल गर्दा रायन चेर्की, एन्जो फर्नान्डेज र एर्लिङ हालान्डले १-१ गोल गरे ।

सन्डरल्यान्डका ब्रायन ब्रोबेले ह्‍याट्रिक गरेपनि हार टार्न भने सकेनन् ।

खेलको नवौं मिनेटमा एन्जोले शानदार गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । १२औं मिनेटमा ब्रोबेले बराबरी गोल फर्काए ।

२९औं मिनेटमा चेर्कीले गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए पनि ३३औं मिनेटमा ब्रोबेले फेरि गोल गरे । ४३औं मिनेटमा सेमेन्योले गोल गरेपछि पहिलो हाफमा सिटी ३-२ ले अगाडि रहेको थियो ।

दोस्रो हाफको ५७औं मिनेटमा सेमेन्योले फेरि गोल गरे भने ब्रोबेले ५९औं मिनेटमा ह्‍याट्रिक गरेपछि खेल ४-३ को अवस्थामा पुगेको थियो ।

हालान्डले ८१औं मिनेटमा गोल गरेपछि सिटी ५-३ ले अगाडि बढ्यो । त्यसपछि थप गोल भएनन् ।

जितपछि शीर्षस्थानको सिटीको ५ खेलमा १५ अंक भएको छ ।

इंग्लिस प्रिमियर लिग म्यान्चेस्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय