+
+

अख्तियारविरुद्ध खनिए ठेकेदार र इञ्जिनियर !

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २७ गते १९:४७

२७ मंसिर, काठमाडौं । निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ र ईञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसिएसनले संवैधानिक अंग र विशेष अदालतलाई चुनौती दिएका छन् ।

संवैधानिक अंगका रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा कालिका कन्स्ट्रक्सनका ठेकेदार र सिक्टिा सिंचाइँ आयोजनाका इञ्जिनियरहरुमाथि भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि ठेकेदार र इञ्जिनियरका आधिकारिक संस्थाहरुले निर्दोषमाथि कारवाही थालिएको भन्दै विशेष अदालत र अख्तियारलाई चुनौती दिएका हुन् ।

आफ्नो संस्थामा आवद्ध व्यक्ति वा कम्पनीमाथि उचित छानविन होस् र दोषी पाइएमा कारवाही होस् भन्नुको साटो ठेकेदार र ईञ्जिनियरहरु निर्दोष रहेको दाबी महासंघ र एशोसिएसनले गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले प्रेस विज्ञप्ति जारी गरेर सम्मानित निर्माण कम्पनीका अध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेमाथि हचुवाका भरमा मुद्दा चलाइएको दाबी गरेका छन् ।

त्यसैगरी नेपाल इञ्जिनियर्स एशोसिएसनका अध्यक्ष डा. हरेराम र परामर्श दाताहरुको संगठनका अध्यक्ष इञ्जिनियर राजेश थापाले संयुक्त विज्ञप्ति जारी गरेर अख्तियारको यस्तो कदमले ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियान नारामा मात्रै सीमित हुने चेतावनी दिएको छ ।

हेर्नुहोस् दुबै विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?