८ पुस, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय ५० औं दिन आज काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन भएको छ । हत्या भएको १५० दिनसम्म दोषी पहिचान हुन नसकेको विरोधमा प्रदर्शनकारीले सडकमा ‘निर्मला १५०’ लेखेका थिए ।
‘दण्डहीनताको १५० दिन’ भन्दै जस्टिस फर निर्मलाका अभियानकर्मीहरुले सर्वसाधारणलाई पनि निर्मलाको न्यायका लागि दबाब सिर्जना गर्न आग्रह गरे । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको मोवाइलनम्बरसहितको पर्चा बनाएर उनीहरुलाई निर्मलाले कहिले न्याय पाउँछिन् भनी प्रश्न सोध्न आग्रह गरेका थिए
हेर्नुहोेस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4