१६ पुस, काठमाडौं । सरकारले नयाँ विद्युतीय बस आगामी वैशाखबाटै चल्ने बताएको छ । संसदको विकास समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी बैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा ३ सय विद्युतीय बस गुड्ने बताए ।
उनले सरकारले आफ्नै विद्युतीय बस देशभर चलाउन लागिएको भन्दै त्यसको सुरुआत काठमाडौंबाट गर्न लागिएको बताए । मन्त्री महासेठकाअनुसार अहिले विद्युतीय बस चलाउन नेपालका सडकहरु कति उपयुक्त छ भनेर अध्ययन भइहरेको छ ।
बैठकमा सांसदहरुले विद्युतीय बसको लागि चार्जिङ स्टेशन लगायतका पूर्वाधारबारे पनि प्रश्न उठाए । हाल बसहरुका लागि काठमाडौंमा चार्जिङ स्टेशनहरु बनेको छैन ।
समिति सभापति कल्याण्ी खड्काले राजमार्गहरु मृत्युमार्ग बनेको भन्दै मनत्री महासेठको ध्यानाकर्षण गराइन् ।
बैठकमा मन्त्री महासेठले सडक दुर्घटना कम गर्नेबारे अध्ययन गर्न सहसचिव सरोज प्रधानको नेतृत्वमा समिति बनाइएको बताए । उनले एक महिनापछि प्रतिवेदन आएपछि दुर्घटना कम गर्ने योजना लागू गर्न सरकार लाग्ने दावी गरे ।
बैठकमा सांसद केदार सञ्जेलले जहाज मात्र नभएर बस पनि अब ‘वाइडबडी’ आवश्यक भएको धारणा राखे । बैठकमा सडकमा बढेको टि्रपर र माइक्रोको आतंकबारे पनि सांसदहरुले प्रश्न उठाएका छन् ।
यस्तै सांसद आशाकुमारी विकले ट्याक्सीको ठगी नियन्त्रण हुन नसकेको बताइन् । ‘बुटवलबाट काठमाडौं आउँदा ५ सय खर्च हुन्छ, त्यही कलंकीबाट बानेश्वर आउनुपर्दा ६ सय रुपैयाा तिनर्ने अवस्था किन हटेन ? उनले मन्त्रीलाई प्रश्न गरिन् ।
प्रतिक्रिया 4