+
+

सीजी पे लाई राष्ट्र बैंकको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १६ गते १९:३५

१६ पुस, काठमाडौं । सीजी ग्रुपअन्तर्गतको सीजी पे नेपाल प्रालिलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ ।

सीजी पे बाट मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट आˆनो बैंक खाता प्रयोग गरी विभिन्न भूक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

‘विभिन्न मनी ट्रान्सफर गर्ने कार्य गर्न सकिन्छ साथै टेलिकमहरुको रिर्चाज, टिभी, ईन्टरनेट बिल, स्कुल तथा कलेजको बिल, पानी, बत्तीको बिल, सिनेमाको टिकेट, बस टिकेट, प्लेन टिकेट (विदेशी तथा स्वदेशी) स्वदेशी मनी ट्रान्सफर गर्ने तथा गराउने, विभिन्न पसल तथा रेष्टुरेन्टको बिल पेमेन्ट तथा अन्य पेमेन्ट सीजी पे द्वारा गर्न सकिन्छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सीजी पे मोवाइल एप तथा वेब दुवै माध्यमबाट चल्ने तथा यसका प्रयोगकर्तालाई सजिलो तथा समयको बचत हुने कम्पनीको विश्वास छ ।

कम्पनीका अनुसार सम्पूर्ण कारोबार बैंकिङ प्रणाली मार्फत हुनेछ भने सीजी पे सँग आवद्ध भएका बैंकका ग्राहकले सहजरुपमा यो सेवा लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?