+
+

श्रीमतीको हत्या अभियोगमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २४ गते १३:१७

२४ पुस, बर्दिया . बर्दियामा आफ्नै श्रीमती हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका-५ कृष्णासरटोल बस्ने ३५ वर्षीय मोहन बोहरालाई २५ वर्षीया श्रीमती सुष्मा कुँवरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा मंगलबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हत्या पछि फरार रहेका मोहनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा फेला पारी पक्राउ गरेको हो । प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?