+
+

पृथ्वी जयन्तीदेखि ‘ग्रेटर नेपाल’को पक्षमा हस्ताक्षर अभियान

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २६ गते १३:३३

२६ पुस, काठमाडौं । सुगौली सन्धीमा गुमेको भूमि नेपालले फिर्ता पाउनुपर्ने माग गर्दै हस्ताक्षर अभियान सुरु गरिने भएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पृथ्वी जयन्तीको दिन पारेर २७ पुसदेखि अभियान सुरु गर्न लागेको हो ।

मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले संकलित हस्ताक्षर नेपालका राष्ट्रपतिलाई बुझाइने र संयुक्त राष्ट्रसंघमा पनि पठाइने योजना रहेको बताए ।

‘हामीले ग्रेटर नेपालको विषयमा भारतीय र बेलायती दूतावासमा ज्ञापनपत्र बुझाउँदै आएका छौं, नेपाल सरकारलाई चाहिँ पहिलोचोटि बुझाउन लागेका हौं,’ नेपालले अनलाइनखबरसँग भने । उनले हस्ताक्षर अभियानसँगै ग्रेटर नेपालको एजेन्डाले राष्ट्रिय बहसको रुप लिने विश्वास व्यक्त गरेका छन् ।

‘अंग्रेजसँग सुगौली सन्धी गर्र्दा नेपालले आफ्नो ठूलो भूभाग गुमायो । अंग्रेजले भारत छोडिसकेपछि ती भूभाग नेपालले स्वतः फिर्ता पाउनुपथ्र्यो । तर, नेपालको तर्फबाट बलियो पहल नहुँदा यो विषय ओझेलमा रहेको छ । आम नेपाली जनतालाई पनि त्यो भूभागमाथि नेपालको हक लाग्छ भन्ने विषयमा सचेतना छैन । त्यसैले हस्ताक्षर अभियानमार्फत हामीले यो एजेन्डालाई स्थापित गराउन र सरकारलाई घच्घच्याउन खोजेका हौं,’ उनले भने ।

सिंहदरबारको पश्चिमी गेटबाट भोलि बिहान ९ बजेदेखि हस्ताक्षर अभियान सुरु हुने छ । देशका ७५ जिल्लका सदरमुकाममा हस्ताक्षर अभियान चलाइने नेपालले जानकारी दिए । यसैगरी बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, दुबईमा पनि अभियान लगिने उनको भनाई छ । नेपालले पटक–पटक चीन भ्रमण गरेर त्यहाँका विभिन्न पदाधिकारीहरुलाई ग्रेटर नेपालको नक्शा वितरण गरिसकेका छन् ।

हस्ताक्षर अभियान चैत मसान्तसम्म जारी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?