३० पुस, काठमाडौं । नयाँ शक्ति पार्टीको प्रचार विभागको एक टोली सञ्चार र प्रचारका विविध प्रविधिलगायतका विषयमा अध्ययन गर्न भारत भ्रमणमा जाँदैछ ।
प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेको नेतृत्वको विभागको टीमले भारतीय जनता पार्टी, भारतीय कांग्रेस, आम आदमी पार्टी लगायतका ठूला पार्टीका प्रचार टीमलाई भेटेर सूचना तथा सञ्चार प्रविधि, सञ्चार/प्रचार रणनीतिलगायतका विषयमा अध्ययन गर्नेछ ।
प्रचार विभाग प्रमुख पाण्डेका अनुसार नयाँ शक्ति पार्टीको हेडक्वार्टरले पाण्डेको नेतृत्वमा मिडिया रणनीति निर्माणका लागि अध्ययन भ्रमण गर्न र केही राजनीतिक संवाद गर्न यो टीमलाई भारत पठाउन लागेको हो ।
भ्रमणमा सुदर्शन खतिवडा, पंकज राई, प्रल्हाद पोखरेल, मनोज ढोडारी, गणेश खनाल, जनक पाण्डे र दीपक महतो सहभागी हुनेछन् । भ्रमण १० दिनको हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4