+
+

विराटनगर भन्सारः ६ महीनामा १९ अर्बभन्दा बढी राजश्व

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १ गते १५:०८

१ माघ, विराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक (पुस मसान्त) सम्ममा १९ अर्ब ५७ करोड २० लाख राजस्व संकलन गरेको छ ।

सो अवधिमा कार्यालयले १९ अर्ब ५६ करोड ४६ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ८३ करोड ६२ लाख राजश्व संकलन गरेको थियो ।

गएको वर्षको तुलनामा ४१.५४ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको उक्त कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चालु आवमा कार्यालयले वार्षिक रु ४२ अर्ब ५३ करोड १९ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालय प्रमुख मिमांश अधिकारीले जानकारी दिए ।

प्रथम अर्धवार्षिकमा भन्सार महसुल रु आठ अर्ब १२ करोड एक लाख, मूल्य अधिवृद्धि कर १० अर्ब ३६ करोड २६ लाख र अन्तःशुल्क एक अर्ब आठ करोड ९३ लाख संकलन भएको छ ।

कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न भन्सार जाँचमा सहज, मालबस्तुको यथार्थपरक मूल्याकंन तथा वस्तु वर्गीकरण, यात्रु जाँचपासमा कडाई, चोरी-निकासी नियन्त्रण तथा गस्तीलगायतबाट प्राप्त भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?