
चलचित्र ‘समर लभ’मा मुख्य भूमिकामा रहेकी नायिका नम्रता सापकोटालाई चलचित्रसँगै विदेशमा आयोजना हुने कार्यक्रममा पनि दौडधुप गर्न भ्याइनभ्याई छ । चलचित्रमा कम, विदेशमा आयोजना हुने कार्यक्रममा उनी बढी दौडिएको पाइन्छ । नम्रता अहिले ओमान पुगेकी छिन् ।
उनी अभिनित चलचित्र ‘समर लभ’ माघको २५ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा उनी ‘सुस्मिता’को भूमिकामा छिन् । नम्रता आफूलाई कुनै पनि काम गर्न डर नलाग्ने पनि बताउँछिन् । चलचित्रसँगै स्टेज कार्यक्रमबाट पनि राम्रै आम्दानी भएको तर्क उनको छ । नम्रता पहिरनमा पनि उस्तै क्रेजी छिन् । उनको घरमा ३ सय जोर भन्दा बढी जुत्ता रहेको उनले नै बताएकी छिन् ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4