
१६ माघ, हेटौंडा । नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा हुने जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ ।
हेटौंडा–१० स्थित टीसीएनमा शुक्रबार र शनिबार हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला अध्यक्ष सविन भट्टाचार्यका अनुसार प्रतियोगितामा महिला र पुरुष गरी एकसय २० जना खेलाडी सहभागी हुनेछन् ।
उनीहरुले पुरुषतर्फ १३ र महिलातर्फ ११ समूहमा विभाजन गरेर खेलाइनेछ ।
प्रतियोगितामा टीसीएन, तासिर, क्रियटिभ, पशुपतिनगर, नामटार, सनराइज, हटिया र हेटौंडा तेक्वान्दो डोजाङका खेलाडी सहभागी हुनेछन् ।
संघका सचिव प्रदीप कँडेलका अनुसार प्रतियोगिताका लागि करिब एकलाख ७० हजार रुपियाँ खर्च अनुमान गरिएको छ ।
संघले यसअघि हेटौंडामा सर्वाधिक नगद राशीको जिल्लास्तरीय वीपी कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतिक्रिया 4