+
+

परराष्ट्र मन्त्री र अमेरिकी राजदूतबीच जम्काभेट !

मन्त्री ज्ञवालीले भने– अमेरिका नेपालको सधैंको साझेदार

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २१ गते २०:२७

२१ माघ, काठमाडौं । नेपाल सरकारले बोलाएको कूटनीतिक ब्रिफिङमा अनुपस्थित रहेका अमेरिकी राजदूत र्‍याण्डी बेरीले सोमबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँगको अनौपचारिक भेटमा सँगै उभिएर तस्वीर खिचाएका छन् ।

नेपाल पर्यटन बोर्डमा सोमबार आयोजित एक कार्यक्रममा मन्त्री ज्ञवाली र राजदूत बेरीबीच अनौपचारिक भेट भयो । दुबैले कार्यक्रमलाई सम्वोधन गरे । र, एकसाथ उभिएर तस्वीरसमेत खिचाए । तस्वीर खिचाइमा मन्त्री ज्ञवाली र राजदूत बेरीका साथमा पर्यटनसचिव कृष्ण देवकोटासमेत सहभागी थिए ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि अमेरिकी दूताबासको सहयोगमा आयोजना गरिएको अंग्रेजी भाषासम्बन्धी तालिमको उदघाटनका क्रममा मन्त्री ज्ञवाली र राजदूत बेरी एकै ठाउँमा भेला भएका हुन् । मन्त्री ज्ञवाली र राजदूत बेरी दुबैले संयुक्तरुपमा भाषासम्बन्धी तालिमको उदघाटनसमेत गरे ।

नेपालका चारवटा शहर (काठमाडौं, चितवन, पोखरा र लुम्बिनी) मा अमेरिकी दूताबासको सहयोगमा अग्रेजी भाषासम्बन्धी तालिम सञ्चालन हुने दूताबासले जनाएको छ । ती तालिमहरुमा अध्यागमनका ८० जना अधिकृत, पर्यटन मन्त्रालयका ५० जना अधिकृत र पर्यटक प्रहरी ४३ जनाले प्रत्यक्ष लाभ लिने कार्यक्रममा जानकारी गराइयो ।

एकतर्फी प्रेम !

कार्यक्रममा अतिथिको तर्फबाट मन्तव्य दिने क्रममा मन्त्री ज्ञवालीले अमेरिकाले नेपाललाई पुर्‍याउँदै आएको सहयोगको खुलेर प्रशंसा गरे ।

नेपालको विकासमा अमेरिकाको साथ सधैं रहँदै आएको मन्त्री ज्ञवालीले बताए । आफू अमेरिका भ्रमणका गएका बेला अमेरिकी विदेशमन्त्रीसँग आफ्नो फलदायी वार्ता भएको मन्त्री ज्ञवालीले स्मरण गरे ।

तर, अमेरिकी राजदूत बेरीले भने अंग्रेजी भाषासम्बन्धी तालिमले दिने उपलब्धिका विषयमा मात्रै बोलेर आफूलाई औपचारिकरुपमा प्रस्तुत गर्ने प्रयास गरे ।

कार्यक्रममा बोल्दै राजदूत बेरीले पर्यटनसँग सम्बन्धित पेशाकर्मीहरुले लिने भाषासम्बन्धी तालिमले विदेशबाट आउने पाहुनाहरुसँगको सम्वादलाई सजिलो बनाउने बताए ।

कार्यक्रम अवधिभर औपचारिकताका लागि हात मिलाउने र हाईहेल्लो गर्नेबाहेक परराष्ट्रमन्त्री र अमेरिकी राजदूतवीच थप सम्वाद भएन ।

परराष्ट्र मन्त्रीले नेपालको विकासमा अमेरिकाको योगदानको चर्चा गगरिरँदा राजदूतको प्रस्तुती औपचारिकतामै सीमित रहनुले कार्यक्रममा ‘एकतर्फी प्रेम’जस्तो वातावरण देखिएको सहभागीहरुले महसुस गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?