
२५ माघ, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन एवं सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयकबारे जानकारी दिन राष्ट्रियसभा बैठक बोलाइएको छ ।
आगामी आइतबारका लागि निर्धारित बैठक विधेयकबारे जानकारी दिन भन्दै शुक्रबारका लागि सारिएको छ । बैठक आज बिहान साढे १० बजे शुरु हुने संसद सचिवलायले जनाएको छ ।
बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले विधेयक प्रतिनिधिसभाबाट विनासंशोधन पारित भएको जानकारी दिने कार्यसूचीमा उल्लेख छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकले विधेयक पारित गरेको थियो ।
आजभन्दा ४ वर्ष पशिले ०७१ माघ २७ मा गठन भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद शनिबार सकिँदैछ । सत्य निरुपण आयोगको म्याद आजैदेखि सकिँदैछ ।
सरकारले ऐन संशोधन गरेर दुबै आयोगको म्याद एक वर्ष थप गर्न लागेको छ । आयोगको म्याद थपिए पनि आयोगका अध्यक्ष र सदस्यको पदावधि भने आगामी चैत मसान्तसम्म रहनेछ ।
आयोगमा ६२ हजार ९५० द्वन्द्वकालीन मुद्दा दर्ता भएका छन् ।
यसैवीच सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासीले राजीनामा दिइसकेका छन् ।
प्रतिक्रिया 4