
अहिले भारत पुलवामा भएको आतंकवादी आक्रामणको पीडामा छ । ४० जना भन्दा बढी सहिद भएपछि अहिले निधन भएकाको परिवारलाई सहयोग गर्न पनि धेरैले हात अगाडि बढाएका छन् । यसमा, बलिउडका कलाकार पनि अगाडि सरेका छन् ।
बलिउडका कलाकारले सार्वजनिक रुपमै सहयोगको घोषणा गर्दा केही कलाकारले भने गोप्य रुपमा सहयोग पनि गरिरहेका छन् । तर, समाचारमा नआएका कलाकारलाई ट्रोल गरेर उनीहरुको राष्ट्रियतामा प्रश्न गर्नेहरुको पनि कमी छैन ।
बलिउडका नायक साहरुख खान समय समयमा यस्तै खालको प्रश्नबाट आजित भएको पाइन्छ । साहरुखले च्यारेटीलाई प्रचार गर्ने माध्यम होइन भन्दै आएका छन् । यसैले पनि उनले पुलवा आक्रामणमा सहिद भएकाहरुको परिवारलाई सहयोग नगरेको भन्दै उनको राष्ट्रियतामा प्रश्न उठाइएको छ ।
साहरुखको राष्ट्रियतामा प्रश्न उठाएपछि अहिले उनका फ्यान यसको विरुद्ध ट्विटरमा आक्रामक रुपमा अगाडि बढेका छन् । ट्विटरमा उनीहरुले ‘साहरुखविरुद्ध झुटा खबर बन्द गर’ भन्ने ह्यासट्याग नै बनाएर ट्विट गरिरहेका छन् ।
साहरुखले यसअगाडि गरेका च्यारेटी र उनको योगदानको बारेमा ट्विटरमा उनका फ्यानहरुले चर्चा गरेका छन् ।
साहरुख भारतका सर्वाधिक धेरै च्यारेटी गर्ने कलाकारमा पर्छन् । उनले, ठुलो धनराशी च्यारेटीमा खर्च पनि गर्दै आएका छन् । तर, पाकिस्तानसँग जोडिएको घटनामा भने उनको राष्ट्रियता माथि प्रश्न जहिले पनि उठ्दै आएको छ ।
प्रतिक्रिया 4