
१५ फागुन, काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले जथाभावी उपहार वितरण गर्न अंकुश लगाएको छ । विशेष गरेर कम्पनीले अभिकर्ताहरुलाई नगद तथा जिन्सी उपहार बिक्री-वितरण गरेको गुनासो बढेपछि पूर्वस्वीकृति लिएर मात्रै उपहार दिन समितिले निर्देशन दिएको हो ।
जथाभावी उपहार बाड्दा अस्वस्थ प्रतिष्पर्धा बढेको र बीमा बजारलाई नै नकारात्मक असर पार्ने भएपछि पूर्वस्वीकृति लिएर मात्रै उपहार वितरण गर्न निर्देशन जारी गरिएको बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
‘बीमा कम्पनीहरुले प्रोत्साहनस्वरुप नगद रुपैयाँ तथा जिन्सी उपहार दिने गरेका छन्, यसले बीमा बजारमा राम्रो गर्दैन’, कार्यकारी निर्देशक पौडेलले भने, ‘यसलाई नियनत्रणका लागि पूर्वस्वीकृति लिनुपर्ने गरी निर्देशन दिएका हौं ।’
कम्पनीहरुले नियमित कमिशन भने दिन सक्ने उनले बताए ।
प्रतिक्रिया 4