+
+

चीनबाट गाई ल्याउने प्रदेश सरकारको निर्णयको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २६ गते १६:४१
Photo Credit : फाइल तस्वीर

२६ फागुन, काठमाडौं । चीनबाट गाई खरिद गर्ने प्रदेश सरकारको निर्णयको केन्द्रीय दुग्ध सहकारी संघ, नेपालले विरोध गरेको छ । प्रदेश ३ र गण्डकी प्रदेशले चीनबाट ४ हजार गाई खरिद गर्ने भनी सम्झौता गरेपछि केन्द्रीय दुग्ध सहकारी संघ, नेपालले विरोध गरेको हो ।

नेपालमा रहेका गाईहरुको उचित संरक्षण गरी दुध व्यवसायको प्रवर्द्धन गर्न छाडेर प्रदेश सरकारहरुले विदेशको गाई ल्याउने सम्झौता गरेपछि त्यसको विरोध गरेको संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताए ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमै प्रशस्त मात्रामा दुध दिने गाई हुँदाहुँदै प्रदेश सरकारहरुले चीनबाट गार्ई ल्याउने निर्णय गरेर नेपालका पशु किसानहरुलाई मारमा पार्न खोजेको आरोप लगाए ।

प्रदेश ३ को सरकारले चाइना एकेडेमी कल्चरल मेकानाइजेसन साईन्स (क्याम्स) सँग चीनबाट गाई आयात गर्ने सहमति गरेको थियो । त्यसप्रति संघको आपत्ति छ । संघका अध्यक्ष सापकोटाले नेपालमा दुध दिने गाईको अभाव नभएको पनि दावी गरे । उनले नयाँ जातको घाँस, दुध र दुधको परिकार बनाउनका लागि आवश्यक प्रविधि भित्र्याउन पनि सरकारसँग माग गरे ।

प्रदेश ३ र गण्डकी प्रदेशले नेपाललाई दुधमा आत्मनिर्भर बनाउन भन्दै चीनबाट गाई भित्र्याउने सम्झौता गरेको छ । सो सम्झौताले नेपालको गाई लोप भएर जाने संघको बुझाइ छ । नेपालकै गाईको संरक्षणमा सरकारले आवश्यक बजेटको व्यवस्था गरे दुधको अभाव नहुने संघका अध्यक्ष देवकोटाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?