+
+

मकवानपुरमा जन्तीबस दुर्घटना, २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २८ गते १४:१८

२८ फागुन, हेटौंडा । मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा काभ्रे ज्याम्दी घर भई भक्तपुर बस्ने ३० वर्षका नवराज परियार र नुवाकोट घर भई बालाजु बस्ने २१ वर्षका विकास धमला रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि हेटौंडाको हेटौंडा अस्पताल र चुरे हिल अस्पताल लगिएको छ ।

बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट डीएसपी यज्ञप्रसाद भट्टराईसहितको टोली घटनास्थल पुगेको थियो ।

भक्तपुरबाट हेटौंडामा बेहुली लिन आएको जन्तीबस दुर्घटनामा परेको हो । तीनवटा जन्तीबसमध्ये पछाडिको बस दुर्घटनामा परेको हो । दुर्घटना भएको बसमा २८ जना सवार थिए । दुर्घटनामा बेहुला चढेको गाडी भने सुरक्षित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?