
१ चैत, काठमाडौं । न्यूजिल्याण्ड आक्रमणमा आफूहरु सुरक्षित रहेको बंगलादेशी क्रिकेट टोलीका सदस्यले बताएका छन् ।
न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशी क्रिकेट टोलीलाई पछ्याइरहेका एक पत्रकारले ट्वीट गरेका छन्- हेगली पार्की नजिकको मस्जिदबाट टिम जोगिएर आएको छ । यहाँ एक सक्रिय सुटर छ ।
खेलाडी तमिम इकबालले पनि ट्वीट गरेर ‘पूरै टिम सक्रिय शुटरबाट जोगिएको’ जानकारी दिएका छन् ।
हाल बंगलादेशी क्रिकेट टोली न्यूजिल्याण्डको भ्रमणमा छन् ।
न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई वटा मस्जिदमा अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा थुप्रै हताहत भएको अनुमान छ । मृतकको एकिन तथ्यांक आइसकेको छैन तर डेली मेलले बालबालिकासहित कम्तिमा २७ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
प्रधानमन्त्री जेसिन्डा अर्डनले आजको दिन न्यूजिल्याण्डका लागि कालो दिन भएको बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4