+
+

फास्ट ट्र्याक तोकिएकै समयमा पूरा हुने संसदीय समितिको निश्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १ गते १८:२०

१ चैत, काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौं–निजगढ द्र्रूतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुने निष्कर्ष निकालेको छ ।

समिति अन्तरगतको उपसमितिले सो दु्रतमार्गको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा नेपाली सेनाले निर्माण गरिरहेको सो दु्रतमार्ग निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने उल्लेख गरिएको हो ।

समितिकी सभापति कल्याणी खड्काले शुक्रबारको बैठकमा सो दू्रतमार्गको स्थलगत अवलोकनसम्बन्धी प्रतिवेदन पेश गर्दै नेपाली सेनाले सो दु्रतमार्ग निर्माणको काम प्रभावकारी ढंगले अघि बढाएको पनि जानकारी दिइन् ।

७६ दशमलव २ किलोमिटर लम्बाई रहेको सो दूूतमार्गको ५४ किलोमिटरको काम नेपाली सेनाले सम्पन्न गरिसकेको छ ।

उपसमितिकी संयोजकसमेत रहेकी सभापति खड्काले स्थलगत अवलोकनको क्रममा सो दु्रर्तमार्गको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पाइएको उल्लेख गरिन् ।

प्रतिवेदनमा सो दु्रतमार्गको काम विना अवरोध अघि बढाउन सम्बन्धित स्थानीय तहसँग सहकार्यका साथ अघि बढ्न पनि नेपाली सेनालाई सुझाव दिइएको छ । त्यसैगरी स्थानीय स्तरमा भएका निर्माण सामग्रीको पनि उचित प्रयोगमा ध्यान पनि नेपाली सेनालाई सुझाव दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

स्थानीय निर्माण सामग्री प्रयोगमा कानुनी जटिलता देखिएको उल्लेख गर्दै प्रतिवेदनमा त्यसको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सचेत गराइएको छ ।

उपसमितिले तयार पारेको प्रतिवेदनमा सो दू्रतमार्ग निर्माणको काम सम्पन्न हुने आधार सुनिश्चित भएको पनि उल्लेख गरिएको छ ।

२०७४ साल वैशाख २१ गते तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले ४ वर्ष भित्र निर्माण कार्य सम्पन्न हुनेगरी सो द्रुतमार्गको निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सो आयोजनाको निर्माणका लागि एक खरव १२ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?