
५ चैत, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्र र प्रदेशका सरकारको समीक्षा गरेर मन्त्रिमण्डलमा हेरफेर गर्नुपर्ने बताएका छन् ।
मंगलबार राजधानीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पालले भने, ‘मन्त्रिमण्डलमा पुनः गठन हुनु उपयुक्त छ । प्रदेशका हकमा पनि यो कुरा लागू हुन्छ तर यसबारे मलाई अरु जानकारी छैन ।’ केन्द्र सरकार र प्रदेश २ बाहेक छ वटा प्रदेशमा नेकपाको सरकार छ ।
नेता नेपालले पार्टी एकताको काम तल्लो तहसम्म पुग्न नसक्नुले कार्यकर्तामा निराशा पैदा भएको बताए । उनले भने, अठोट भयो भने एक महिनामा सबै एकीकरणको काम सकिन्छ तर, अनावश्यक रुपमा लम्बिएको छ ।’
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका भ्रमणबाट फर्किए लगतै एकताले पूर्णता पाउने विश्वास व्यक्त गरे ।
अर्को प्रसङ्गमा नेता नेपालले विखण्डनको कुरा गर्ने सिके राउत नेतृत्वको गठबन्धनलाई मूल धारमा ल्याउने सरकारको सोच सही भए पनि त्यसमा विश्वस्त हुने वातावरण सम्बन्धित पक्षले गराउनुपर्ने बताए ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई प्रतिबन्ध लगाए पनि उसलाई मूलधारमा ल्याउने ढोका बन्द नभएको तर्क गरे ।
प्रतिक्रिया 4