
६ चैत, काठमाडौं । राजधानी काठमाडौंसहित देशभर आज फागु पूर्णिमाको रौनक छ । बालबालिकादेखि वृद्धवृद्धासम्म यो रंगीन पर्वमा रमाइरहेका छन् ।
फागुको रौनक हेर्न हामी पर्यटकको बढि चहलपहल हुने काठमाडौंको ठमेलमा पुग्यौं । त्यहाँ विदेशी पर्यटकहरु पर्यटकहरु स्थानीय युवा-युवतीसँग रमाएर रंगको पर्व धुमधामले मनाइरहेका थिए । धेरैले ह्याप्पी होली लेखिएको सेतो रंगको टिसर्ट लगाएका थिए ।
कतिपयको हातमा पिचकारी देखिन्थ्यो भने कतिले अनुहार पेन्ट गरेका थिए । आफ्नो देशको झण्डा गालामा पोत्नेहरु पनि देखिए । रंग दल्ने र पानी छ्यापाछ्याप गर्ने क्रम चलिरहेको थियो ।
कतिपय पर्यटक चाहिँ तर्किन खोज्थे ।
ठमेलसँगै न्यूरोड, बसन्तपुर, पाटन, भक्तपुर दरवार स्क्वायर लगायत स्थानमा पनि पर्यटकहरुले नेपालीहरुसँगै फागु मनाइरहेका छन् । यद्यपि, स्थानीयवासी भने विगतका वर्षहरुको तुलनामा होलीको रौनक घट्दै गएको बताएका छन् ।
प्रतिक्रिया 4