+
+

फोरमसँग एकता गर्न राजपाले बनायो समिति

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ८ गते १९:५४

८ चैत, काठमाडौं । संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकता वार्ता गर्न राष्ट्रिय जनता पार्टी -राजपा) ले वार्ता समिति बनाएको छ ।

दुबै पार्टीबीच एकताका लागि पत्र आदान-प्रदानपछि वार्ता गर्नका निम्ति समिति निर्माण गरिएको हो । शुक्रबार बसेको पार्टीको अध्यक्ष मण्डल बैठकले फोरम नेपालसँग वार्ता गर्नका लागि समिति गठन गरिएको पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

अध्यक्ष मण्डलका सदस्य राजेन्ऽ महतोको संयोजकत्वमा गठित वार्ता टोलीमा वृषेशचन्ऽ लाल, रमेश यादव, सुनिल रोहित र केशव झा सदस्य छन् ।

फोरमले पनि राजपा लगायतसँग वार्ताका लागि उपाध्यक्ष राजेन्ऽ श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।

राजपा महासचिव झाले छिट्टै वार्ता शुरु गरिने जानकारी दिए । उनले भने, ‘अहिले पत्राचारका कामहरु भइरहेको छ । हामी चाँडै वार्ता पनि गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?