+
+

प्रेम बिहे रोक्दा दिनुपर्‍यो मोटरसाइकल दाइजो !

श्रवण देव श्रवण देव
२०७५ चैत ९ गते २०:४७

९ चैत, सप्तरी । केटा र केटी दुबैको विवाहका लागि उमेर पुगेको छ । एक बर्षदेखि प्रेममा पनि थिए ।

यही प्रेमलाई सार्थकता दिन राजविराज-३ का २३ बषर्ीय आनन्द महतो र बोदे बर्साइन नगरपालिका ४ सारस्वर प्रसौनीकी २० बषर्ीया बचनीकुमारी शुक्रबार दुर्गा मन्दिर पुगेका थिए । तर, बचनीकुमारीको परिवारले थाहा पाएपछि दौडिएर मन्दीरमा पुगे ।

विवाह रोक्न खोजे तर, दुबैले एकअर्कालाई मन पराएको र राजीखुसी बिहे गर्न लागेको बताए ।

केटाकेटी दुबैले बिहे गरिछाड्ने अडान लिएपछि बचनीकुमारीको परिवारले दुबैलाई घर लगे । युवकको परिवारलाई खबर गरे । बचनीकुमारीको परिवार चाहन्थ्यो कि यो विवाहमा परिवारको सहमति होस् र भोलि छोरीले दुःख नपाओस् ।

जरिवानामा दाइजो !

शनिबार बिहान आनन्द महतोका पिता राम एकबालसहितका आफन्त बोदे बर्साइन पुग्छन् । युवती पक्षको आग्रहमा इलाका प्रहरी कार्यालयले कार्यालयमा पञ्चायती गर्न दिन्छ । पञ्चायतीमा महतो जातिका अगुवादेखि दुबै परिवारका सदस्य थिए ।

दिनभर बसेको पञ्चायतीमा युवकका पिता रामएकबालको बारम्बार एउटै अडान राखे, छोरालाई पढाउँदा धेरै खर्च गरेको छु । त्यो खर्च त आउनुपर्‍यो ।’ खर्च अर्थात् दाइजो ।

दाइजो नदिए बचनीकुमारीसँग छोराको बिहे नगर्ने उनको अडानले युवती पक्ष गलिसकेको थियो । पञ्चायतीमा भएको छलफललाई नजिबाट सुनेका एक सहभागीले भने, ‘दाइजो नदिए विवाह नै नगर्ने अडान लिएपछि युवती पक्ष दाइजो तिर्न बाध्य भए ।’

युवती पक्ष एउटा मोटरसाइकल र एक लाख ५० हजार रुपैयाँ दाइजोको रुपमा दिन सहमत भयो । सहमति लगत्तै शनिबार साँझ दुर्गा मन्दिरमा दुबै पक्ष मिलेर विवाह गराएका छन् ।

युवक स्नातकमा अध्ययनरत छन् भने युवती एसईई उत्तिर्ण छिन् ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?