+
+

भोजपुरमा विप्लवका ३ कार्यकर्ता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ११ गते १९:३४

११ चैत, भोजपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

टेम्के मैयुङ गाउँपालिका ४ नागीका सञ्जय राई, पौवादुङमा गाउँपालिका ३ च्याङ्ग्रेका विकास राई र साल्पासिलिछो गाउँपालिका १ कुलुङका महेन्द्र तामाङलाई पक्राउ गरिएको जिल्लाप्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

पक्राउ परेका सञ्जय राई र महेन्द्र तामाङ जिल्ला कमिटी सदस्य हुन् भने विकास विद्यार्थी संगठनको जिल्ला अध्यक्ष रहेका प्रहरीको भनाइ छ ।

भोजपुर सदरमुकाममा पक्राउ परेकाहरु सञ्जय र विकासलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए । महेन्द्र तामाङलाई प्रहरीले जिल्ला ल्याउने क्रममा रहेको डिएसपी थेवेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?