+
+

सरकार तानाशाही बाटोमा हिंड्यो : मोहन बैद्य

विप्लवलाई प्रतिबन्ध लगाउनु गलत

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १५ गते १८:१७

१५ चैत, बुटवल । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले सरकार दुई तिहाइको दम्भ बोकेर तानाशाही बाटोमा हिँडेको आरोप लगाएका छन् ।
रेशम चौधरी, सिके राउत र विप्लव सम्बन्धी घटनाहरुले सरकार तानाशाही बाटोमा हिंडेको पुष्टि भएको दावी गरे ।

बि्रटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) को आयोजनामा बुटवलमा आयोजित वैचारिक सांस्कृतिक कार्यक्रमलाइए सम्बोधन गर्दै महासचिव बैद्यले सिके राउतसँग अचानक सहमति गर्ने, रेशम चौधरीलाई जेल हाल्ने अनि विप्लवलाई प्रतिबन्ध लगाउनु गलत भएको बताए ।

सत्तासिन दलहरुले आफ्नो इतिहास भुलेको भन्दै उनले भने, ‘२०२८ मा झापाको बन्दुकले माले, एमाले हुँदै केपी ओलीलाई प्रधानमन्त्री बनायो । १० वर्षे जनयुद्धको बन्दुकले प्रचण्ड माथि पुगे, अहिले तिनिहरुकै सरकारले नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगायो, यो सरकारको दमनकारी नीति हो, राजनैतिक कुरा राजनैतिक ढंगले टुंगाउनुपर्छ,प्रतिबन्धले होइन ।’

सिकेसँगको सहमतिमा सरकार जनमत संग्रह गर्न तयार भएको हो भनी महासचिव बैद्यले प्रश्नसमेत गरेका छन् ।

द्वन्द्वात्मक भौतिकवाद, सर्वहारावर्गको अधिनायकत्व, वर्ग संघर्ष र निरन्तर क्रान्तिको मान्यतालाई आत्मसाथ नगर्ने पार्टी कम्युनिस्ट पार्टी हुनै नेता बैद्यले बताए । ‘कम्युनिष्ट भन्ने सत्तामा बसेको छ, म त यो सरकारलाई कम्युनिस्ट भन्दिन, हुँदा पनि होइन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?