
चलचित्र कलाकार संघको निर्वाचन रोकिएको छ । जिल्ला प्रशासन कार्यलयले पत्र काटेपछि संघको चैत्र २३ गते हुने भनिएको निर्वाचन रोकिएको हो । निर्वाचनका लागि २० जना भन्दा बढीले उम्मेदवारी समेत दर्ता गरिसकेका थिए । तर, गैह्र कलाकारलाई सदस्यता दिएको, तोकिएको समय भन्दा पनि पछि सदस्यता दिएको लगायतका बिषयमा उजुरी परेपछि प्रशासनले चुनाव रोक्न आदेश दिएको हो ।
मनोनयन दर्ता गरिसकेकाहरुको मनोनयन फिर्ता गरिएको छ । अध्यक्ष पदका लागि सरिता लामिछाने र निर्देशक तथा कलाकार लय संग्रौलाले उम्मेदावरी दिएका थिए । कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको दुर्घटनामा परेर निधन भएपछि संघले निर्वाचन गराउने तयारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4