+
+

विवेकशीलका दुई सांसद नहटाउन अन्तरकालीन आदेश

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २४ गते १८:०८

२४ चैत, काठमाडौं । प्रदेश ३ का दुई सांसद रमेश पौड्याल र विराजभक्त श्रेष्ठलाई फिर्ता बोलाउने विवेकशील साझा पार्टीको निर्णय कार्यान्वयन नगन सर्वोच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको छ ।

पार्टीको पुस २८ गतेको निर्णय भनी प्रदेशसभा सचिवालयमा चैत १० गते गरेको पत्राचार कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरकालीन आदेश दिएको हो । विवेकशील साझाको उक्त निर्णयविरुद्ध प्रतिषेधलगायत अन्य उपयुक्त आदेश माग गर्दै विवेकशील नेपाली दलले सर्वोच्चमा रिट दायर ष्रेको थियो ।

आइतबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले यस विषयमा छलफल गर्न चैत २७ गते छलफलका लागि सबै विपक्षीलाई पनि झिकाउने आदेश दिएको छ ।

विवेकीशील साझा पार्टीबाट विवेकशील नेपाली दल अलग भएपछि विवेकशील साझा पार्टीले प्रदेशसभा ३ का दुई सांसदलाई कारबाहीको निर्णय गरेको थियो ।

विवेकशील साझा पार्टी फुट्दा प्रदेशसभा ३ का यी दुई सांसद विवेकशील नेपाली दलतिर आवद्ध भएका थिए । तर विवेकशील नेपाली दलले भने आफूहरुले दल त्याग गरेको नभई छुट्टै नयाँ दल बनाएको दावी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?