+
+

बझाङमा ४.८ रिक्टर स्केलको भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २ गते १०:३५

२ वैशाख, काठमाडौं । बझाङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको जयपृथ्वी केन्द्रबिन्दु भएर ४.८ रिक्टर स्केलको भूकम्प गएको हो । बिहान ४ः२७ मा गएको भूकम्पको धक्का बझाङसँगै आसपासका जिल्लाहरुमा महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले स्थानीय त्रसित बने पनि मानवीय तथा भौतिक क्षति भने नभएको बझाङ प्रहरीले जनाएको छ ।

गोरखा केन्द्रविन्दु भएर ०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पपछि लामो समयसम्म पराकम्पको महसुस भएको थियो । केन्द्रका अनुसार, सोमबार बिहान बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प नयाँ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?