+
+

प्रदेश सुरक्षा बैठक हेटौंडामा सुरु, गृहमन्त्री भोलि आउने

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३ गते १६:२६

३ वैशाख, हेटौंडा । प्रदेश ३ स्तरीय सुरक्षा बैठक हेटौंडामा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकको बुधबार संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गर्ने छन् ।

बैठकमा प्रदेशको सुरक्षा अवस्था र चुनौतीका बारेमा महत्वपूर्ण सात वटा प्रस्तुति हुने बताइएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्रा. डा. इन्द्रजित राई, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खानाल, सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसंधानका निर्देशक गणेश अधिकारी, मध्यपृतना हेडक्वार्टर हेटौंडाका पृतनापति उपरथी सुबर्णबहादुर शाह, गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुबेदी, राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागका सहसचिव इन्दु घिमिरे लगायतका अधिकारीहरु सहभागी छन् ।

नेपाली सेनाबाहेक सुरक्षा निकायका प्रमुखहरुले सुरक्षाको विषयमा प्रस्तुति दिनेछन् । गृहमन्त्रालय, गृहमन्त्रीका सुरक्षा सल्लाहकार गृहमन्त्रालय अन्तरगतको विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाबाट समेत गरी सात वटा प्रस्तुतीकरण हुने आयोजकले जनाएको छ । प्रदेश राजधानीमा भइरहेको सुरक्षा गोष्ठीमा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेललाई बोलाइएको छैन । उनी बुधबारमात्र सहाभागी हुनेछन् ।

बैठकको व्यवस्थापनको जिम्मेवारी प्रदेश प्रहरीलाई दिइएको छ । बैठकमा प्रदेश ३ का १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनपथ, ससस्त्र, अनुसंधान र नेपाली सेनाका प्रमुखको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?