+
+

सय मिटर दौडमा आशिष र सरस्वतीलाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ५ गते १५:५२

५ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सको १०० मिटर पुरुषमा एपीएफका आशिष चौधरी र यही स्पर्धामा महिलातर्फ सरस्वती चौधरीले स्वर्ण पदक जितेका छन् ।

दाङको बेलझुण्डीमा भएको १०० मिटर स्पर्धाको पुरुषतर्फ आशिष चौधरीले यमसाजन सुनारलाई पछि पार्दै पहिलो बनेका हुन् । उनले निर्धारित दूरी ११ः०० सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्न सफल भए । त्यस्तै, प्रदेश ६ का यमसाजन सुनारले भने ११ः१० सेकेन्डमा पूरा गर्दै दोस्रो बने । त्यस्तै, आर्मीका आनन्ददेव चौधरी तेस्रो भए ।

महिलातर्फको १०० मिटर दौडमा आर्मीकी सरस्वती चौधरीले स्वर्ण पदक जित्न सफल भइन् । उनले निर्धारित दूरी १२ः१९ सेकेन्डमा पूरा गरिन् । त्यस्तै, प्रदेश पाँचकी जयरानी चौधरी दोस्रो बनिन् । त्यस्तै, आर्मीकी कृष्णा चौधरी तेस्रो बनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?