
६ वैशाख, विराटनगर । बिराटनगर महानगरपालिका-६ का जनप्रतिनिधिलाई स्थानीयवासीले कार्यकक्षमै थुनिदिएका छन् ।
सुकुम्बासीको घर भत्काइदिएपछि आक्रोशित भएका सर्बसधारणले वडाध्यक्ष बिजय कामतसहित वडा सदस्य र कर्मचारीहरुलाई कार्यकक्षमै थुनेका हुन् ।
बिहीबार दिउँसो सार्बजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको भन्दै ८ वटा टहरा भत्काइएको थियो । त्यही आक्रोशमा स्थानीयवासीले शुक्रबार बिहान केही समय जनप्रतिनिधि र कर्मचारीलाई कार्यकक्षमै थुनिदिए ।
वडाभरीका सुकुम्बासी कार्यालयमा भेला भएर विहान १० बजेदेखि जनप्रतिनिधिलाई कार्यकक्षमै राखेर बारिहबाट तालाबन्दी गरेर नाराबाजी गरेका थिए ।
सार्बजनिक जग्गामा व्यक्तिले पैसा उठाएर सुकुम्बासीका नाममा टहरा बनाएपछि महानगरपालिकाले डोडर प्रयोग गरेर भत्काएको मेयर भीम पराजुलीले बताए ।
‘सार्बजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो,’ उनले भने, ‘सार्बजनिक जग्गामा बनाएको टहरा हटाउन आग्रह गर्दा नमानेपछि महानगरले बल प्रयोग गरेको हो ।’
प्रतिक्रिया 4