
१३ वैशाख, गुल्मी । गुल्मीमा झाडा पखलाबाट सिङ्गो गाउँ नैै थला परेको छ । मुसिकोट नगरपालिका-४ रहेको दजाकोटमा सिङ्गोगाउँ नै झाडा पखलाको महामारी फैलिएको हो ।
झाडापखालाले बिहीबार बेलुकीसम्म ९८ जना बिरामी परेकोमा शुक्रबारसम्म उक्त संख्या बढेर १०४ पुगेको जिल्ला स्वस्थ्य गुल्मीका निमित्त प्रमुख श्रीकृष्ण भट्टराईले बताए । ४ जनाको अबस्था गम्भीर रहेको छ ।
बिरामी परेकाहरु मध्ये ३ जनाको गुल्मी अस्पताल तम्घास, एक जनाको बुटवल स्थीत गौतम बुद्ध र अन्य केही व्यक्तिको सोही ठाउँमा संचालन गरिएको अस्थायी स्वास्थ्य शिविरमा उपचार भैरहेको छ । सोमबार ४ जनाबाट फैलिएको झाडा पखला महामारीको रुपमा फैलिएको हो ।
वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन् । गाउँको पाँच किलोमिटर टाढाको टंकीमार्फत ८५ घरपरिवारलाई वितरण गरिदै आएको पानी अचानक दूषित बनेका कारण गत त्यहाँका स्थानीयहरुमा सामान्य रुपमा झाडापखालाको लक्षण देखिएको थियो ।
स्थानीयहरुले पानी उमालेर खाँदा पनि समस्या समाधान नभएपछि उक्त गाउँमा शुक्रबारदेखि ट्यांकरमा पानी बोकेर खानेपानी वितरण गर्न थालिएको छ ।
बिरामी पर्नेहरुमा चार वर्षदेखि ८० वर्ष उमेरसम्मका व्यक्तिहरु रहेका छन् । झाडापखालाको प्रकोप देखिएको उक्त ठाउँमा बिहीबार जिल्ला जनस्वास्थ्यको टोली पुगेर बिरामीहरुको उपचार गरी पुनः डाक्टरसहितको टोली जान लागेको भट्टराइले बताए ।
उनका अनुसार झाडापखला फैलिएको स्थानको पिउने पानी ल्याब टेस्टको लागि ल्याइएको छ ।
दजाकोटमा ०७३ साल वैशाख १८ गते जंगलमा लागेको आगो पानी नहुँदा नियन्त्रण सम्भव नभएपछि ७० घरगोठ जलेर नष्ट भएका थिए ।
त्यसबेला एकजनाको मृत्युसमेत भएको भने १० करोड भन्दा बढीको क्षति भएको थियो ।
प्रतिक्रिया 4