
१५ वैशाख, काठमाडौं । प्रहरीले काठमाडौंको मनोहराबाट नगद १ लाख १६ हजार ८ सय ९५ रुपैयाँसहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–६, तिवारीटोलस्थित प्रेम तिवारीको घरबाट प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट गएको प्रहरीले नगद १ लाख १६ हजार ८ सय १५ सहित ११ जुवाडे पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले जानकारी दिए ।
नियन्त्रणमा लिइएकाहरुलाई अहिले प्रहरी वृत्त बौद्धमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4