+
+

माधव नेपालको विदेश दौडधुप : चीनबाट फर्किएको भोलिपल्ट अमेरिका

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १६ गते १५:०२

१५ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका जाने भएका छन् ।

चीन भ्रमणबाट फर्किएको भोलिपल्टै नेता नेपाल अमेरिका जाने भएका भएका हुन् । नेता नेपाल भाइको छोरीको विवाहमा सहभागी हुन सोमबार साँझ अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

उनी ३ तारिखमा फर्कने कार्यक्रम छ ।

नेता नेपालले आफ्नो भ्रमणबारे सोमबार विहान सचिवालय बैठकमा जानकारी गराएका थिए ।

नेताहरुले भने नेपाललाई ट्रान्जिट मात्र बनाएको भन्दै ठट्टा गरेको एक नेताले जानकारी दिए । पूर्वप्रधानमन्त्री नेपाल धेरै विदेश गइरहने नेताहरुको सूचीमा अग्रपङ्तिमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?