+
+

बन्दले स्थगित भयो प्रदेश २ को प्रदेशसभा बैठक

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १३ गते १६:२२

१३ जेठ, जनकपुरधाम । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आह्वान गरेको बन्दका कारण प्रदेश २ को प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । तर, बन्दका कारण देखाउँदै बैठक स्थगित गरिएको छ ।

प्रदेशसभाको अर्काे बैठक अब भोलि -मंगलबार) दिउँसो २ बजेका लागि निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

प्रदेश २ का अधिकांस सांसद बैठकमा भाग लिन आफ्नो घरबाटै आउने गर्छन् । सप्तरीदेखि पर्सासम्मका सांसदहरु घरबाटै आउनुपर्ने भएकोले बैठक स्थगित गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?