+
+

सैनामैनाबाट पेस्तोलसहित तीन युवा पक्राउ

टोपराज शर्मा टोपराज शर्मा
२०७६ जेठ ३१ गते ११:३९

३१ जेठ, बुटवल । सैनामैना नगरपालिकाको बुद्धनगरबाट प्रहरीले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले राजमार्गमा चेकजाँच गर्ने क्रममा सैनामैना नगरपालिका–६ का २० वर्षीय सुरज दर्जी, वर्ष २० कै अर्जुन मुसहर र २२ वर्षीय मनिष परियारलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट पेस्तोलमा लाग्ने एक राउण्ड गोली पनि बरामद भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखिएको छ । उनीहरुलाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गर्ने तयारी भएकाे  प्रमुख प्रहरी निरीक्षक मैनालीले बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?