
२ असार, काठमाडौं । नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक तीन उडान गर्ने भएको छ ।
निगमका अनुसार अहिले दैनिक दुई उडान भइरहेको छ । जेट एयरले काठमाडौं उडान फिर्ता गर्नु अगाडी निगमले दिल्लीमा साताको ११ उडान गरिरहेको थियो । त्यसपछि १४ उडान पु¥याइएको छ । त्यसमध्ये ७ उडान न्यारोबडी ए ३२०–२०० र ७ उडान वाइडबडी ए ३३०–२०० बाट भइरहेको छ ।
निकट भविष्यमा दिल्लीमा दैनिक तीन उडानको तयारी भइरहेको निगमले उल्लेख गरेको छ । दिल्ली दैनिक तीन उडान गर्न विमानस्थलमा स्लट (उडान–अवतरण गर्ने समय) पनि प्राप्त भइसकेको निगमले जानकारी दिएको छ ।
दिल्लीपछि दुवईमा पनि उडान थप्ने तयारी भइरहेको निगमको भनाइ छ । दुबइमा अहिले निगमले सातामा तीन उडान गर्छ । दुबइमा एक दिन थप उडान गर्ने तयारी निगमको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4