+
+

मासु पकाउन नमानेको भन्दै श्रीमतीको हत्या

रामहरी ओझा रामहरी ओझा
२०७६ असार ३ गते ११:२७

३ असार, डोटी । दिपायल सिलगढी नगरपालिका–३ का कृष्ण नेपालीले कैँची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कमलापती पन्तका अनुसार घरायसी विवादपछि ४५ वर्षीय कृष्णले लुगा काट्ने कैंची प्रहरी गरी ४० वर्षीया श्रीमती मिना नेपालीको हत्या गरेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सोमबार राति करिब ९ बजेतिर कृष्ण मासु ल्याएर घरमा आएका थिए । उनले श्रीमती मिनालाई मासु पकाउन भने । तर, मिनाले नमानेपछि विवाद बढेको थियो । त्यसपछि मदिरा सेवन गरेका कृष्णले मिनाको कम्मर र ढाडमा कैँची प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

कृष्णलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख पन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?