+
+

कोहलीले तोडे तेन्दुलकर र लाराको कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १२ गते १८:४८

१२ असार, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले सर्वाधिक छिटो २० हजार रनको कीर्तिमान राखेका छन् ।

विश्वकप क्रिकेटमा वेष्ट इन्डिजविरुद्धको खेलमा उनले ३७ रन बनाएसँगै सर्वाधिक छिटो २० हजार रनको कीर्तिमान राखेका हुन् ।

कोहलीले ४१७ पारीमा २० हजार रन बनाएका हुन् । उनले यो रन १३१ टेष्ट, २२४ एकदिवसीय र ६२ टी–२० खेलको गरी पूरा गरेका हुन् । वेष्ट इन्डिजविरुद्धको खेलमा उनी ८२ बलमा ७२ रन बनाएर आउट भए ।

उनले भारतीय क्रिकेट टिमका पूर्व खेलाडी सचिन तेन्दुलकर र वेष्ट इन्डिजका पूर्व क्रिकेटर ब्रायन लाराको कीर्तिमान तोड्न सफल भए । उनीहरुले ४ सय ५३ पारीमा २० हजार रन जोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?