+
+

सांग्रिला विकास बैंकको नयाँ शाखा हुम्लाको सिमकोटमा पनि

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १६ गते २०:३२

१६ असार, काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकलेे हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा आफ्नो ८६ औं शाखा विस्तार गरि कारोवार शुभारम्भ गरेको छ ।

श्ााखा कार्यालयको विधिवत रुपमा उद्घाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाई र सिमकोट गाउँपालीकाका अध्यक्ष पदम बहादुर लामाले सयूक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा उधोग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्गेल तामाङ, सिमकोट गाउँपालिका वडा नं. ६ का अध्यक्ष जयचन्द्र रोकाया, हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढंगाना, सभाका प्रमुख अतिथी सिमकोट गाउँपालीकाका प्रमुख पदम बहादुर लामा लगायतले आफ्नो मन्तव्य राख्दैं बैंक संचालन भएकोमा खुसी व्यक्त गर्नुका साथै बैंकले ग्राहकको मन जितेर कारोबार गर्नुपर्ने, सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने र हुम्ला जिल्लामा विकास बैंकको आवश्यकता रहेको र यस बाट सम्पुर्ण हुम्लाबासिको बैंकिङ्ग पहुचमा मद्दत मिल्ने बताए ।

कार्यक्रममा बैंकका अध्यक्ष अच्यूत प्रसाद प्रसाईले बैंकले यस जिल्लामा यस अघि समेत कर्जा लगानी गरिसकेको र यस जिल्लामा संकलन भएको सम्पुर्ण निक्षेप यहि क्षेत्रमा लगानी गरीने व्यहोरा जानकारी गराउँदै बचत गर्ने बाँनी बसाल्नु आवश्यकता रहेका कारण बैंकले घरदैंलो एवं नेपाल सरकारको खौंलौै खाता अभियानलाई यस जिल्लामा पनि जारी राख्ने जानकारी गराए ।

काठमाण्डौको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको बैंकको कुल शाखा संख्या ८६ पुगेको छ भने थप ५ शाखा उद्घाटनको तयारीमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?