+
+

स्याङ्जामा खानेपानीका इन्जिनियर ४ लाख घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १७ गते १७:४६

१७ असार, पोखरा । खानेपानी तथा सफसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

रौतहट घर भइ गण्डकी प्रदेश अन्तर्गतको डिभिजन कार्यालयमा कार्यरत होसी अक्तर मोहम्मत मंगलबार रंगेहात समातिएका हुन् ।

स्याङ्जामा निर्माणाधीन एक क्रमागत खानेपानी आयोजनाको रकम भुक्तानी दिने बेला आठौं तहका इन्जिनियर मोहम्मतले घुस मागेका थिए ।

मोहम्मतले घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानकारी भएपछि टोली डिभिजन कार्यालयमा पुगेको थियो । पोखरादेखि गएको अख्तियारको टोलीले मोहम्मतलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?