+
+

१० वर्षपछि बढेको पर्यटक भिसा शुल्क साउनबाट लागू

अच्युत पुरी अच्युत पुरी
२०७६ असार २६ गते १३:४९
Photo Credit : nepalsanctuarytreks.com

२६ असार, काठमाडौं । सरकारले बढाएको पर्यटक भिसा शूल्क १ साउनबाट कार्यान्वयनमा आउने भएको छ । सरकारले १२ जेठमै विदेशी पर्यटकको भिसा शूल्क बढाउने निर्णय गरेको थियो ।

अध्यागमन विभागका अनुसार भिसा शूल्कलाई समयसापेक्ष बनाउने नीतिअनुसार भिसा शुल्क परिमार्जन गरिएको हो ।

‘पछिल्लो १० वर्षदेखि १ रुपैयाँ पनि नबढेको शूल्कमा हामीले यसपटक सामान्य परिमार्जन गरेका छौं,’ विभागका महानिर्देशक इश्वरराज पौडेलले भने, ‘भिसा शुल्कलाई समसामयिक बढाउने प्रक्रियाको थालनी मात्र भएको हो ।’

पछिल्लो सयम सरकारले भिसा शूल्क, भिसाका प्रकार, अवधि तथा अन्य विषयलाई समानतामा आधारित बनाउने नीति लिएको छ । सोहीअनुसार अमेरिकी नागरिकलाई सरकारले नेपालमा ५ वर्षे बहप्रवेशी भिसा दिन थालिसकेको छ । अमेरिकाले पनि नेपालीलाई मल्टीपल भिसा दिन्छ । नेपालले १० वर्ष मुनिका अमेरिकी बालबालिकालाई भिसा शुल्क छूट दिने गरेकामा त्यो हटाइएको छ । अमेरिका सरकारले पनि नेपाली बालबालिकालाई भिसा शूल्क लिन्छ ।

महानिर्देशक पौडेलका अनुसार भ्रमण वर्ष २०२० अगाडी पर्यटकमा नकारात्मक असर र सन्देश नजाओस भनेर सामान्य शूल्क वृद्धि गरिएको हो । यो अभियान सम्पन्न भएपछि भने सबै मुलुकमा समानताका आधारमा शूल्क कायम हुने उनले जानकारी दिए ।

‘उदाहरणका लागि तपाईं स्वीडेनको भ्रमणमा जाँदा उसले १ सय डलर लिन्छ भने स्वीडेनको नागरिक नेपाल आउँदा पनि १ सय डलर नै तिर्नुपर्नेछ,’ उनले भने, ‘हामी त्यही सिद्धान्तमा जानुपर्छ ।’

पछिल्लो १० वर्षमा नेपालमा पर्यटकले हवाई भाडा, होटेल, यातायातमा गर्ने खर्चमा उल्लेख्य वृद्धि भए पनि भिसा शूल्क भने परिमार्जन भएको थिएन । सरकारले गैरकर राजस्वका दरलाई हरेक वर्ष परिवर्तन गर्नुपर्ने महानिर्देशक पौडेल बताउँछन् । अहिले बढेको शुल्कले भ्रमण वर्षलाई प्रभाव नपार्ने उनको भनाई छ ।

विभागकाअनुसार नेपालले अहिले पर्यटकबाट लिने शुल्क विश्वस्तरमा निकै कम हो । नेपाल सरकारले चिनियाँ नागरिकलाई भिसा छूट लिएको छ । भारतीय नागरिकले नेपाल आउँदा भिसा नै लगाउनु पर्दैन । तर, पर्यटन आगमनका दृष्टिबाट यी दुई मुलुकले सर्वाधिक हिस्सा ओगट्छन् । चीन र भारतबाट हरेक वर्ष करीव ४ लाख पर्यटक नेपाल भ्रमणमा आउने गरेको सरकारी तथयांक रहेको छ ।

यस्तो छ बढेको भिसा शुल्क

भिसा   प्रकार  वर्तमान (डलर) १ साउनबाट लाग” (डलर)      
टूरिष्ट भिसा

 

 

 

 

 

१५ दिन मल्टीपल इन्ट्री २५ ३०
३० दिन मल्टीपल इन्ट्री ४० ५०
९० दिन मल्टीपल इन्ट्री ९० १२५
भिसा अवधि वृद्धि (भिसा अवधि नसकिदै) २ /प्रतिदिन ३ /प्रतिदिन
भिसा अवधि वृद्धि (मल्टीपल इन्ट्री) तथ २० थप २५
भिसा अवधि वृद्धि (अवधि सकिएपछि) ३/प्रतिदिन विलम्ब शूल्क ५/प्रतिदिन विलम्ब शूल्क
अध्ययन भिसा

 

 

 

डिग्री प्रोग्रामका लागि विद्यार्थीको नयाँ भिसा वा उनका अविभावकलाई भिषा २० /महिना ३० /महिना
विद्यार्थीको नयाँ भिसा वा उनका अविभावकलाई भिषा (नन-डिग्री प्रोग्राम) ५० /महिना ७५ /महिना
भुटानी विद्यार्थी १०/महिना १५ /प्रतिमहिना
टिचिङ वा रिसर्च प्रयोजनमा आउने ४०/महिना ५० /महिना
गैरपर्यटक भिषा

 

 

 

 

 

 

 गैरआवासीय नेपाली ५ /महिना १०/महिना
पत्रकार र तीनका परिवार १० /महिना १५ /महिना
नेपालका सरकारी कार्यालयमा कार्यरत विदेशी कर्मचारी २०/महिना ३० /महिना
नेपाली नागरिकसँग बिवाह गरेका विदेशी १०/महिना १५/महिना
नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध जोडिएका विदेशीका आफन्त १५/महिना २५ /महिना
दाता मुलुकको लगानीमा संचालित आयोजनामा काम गर्ने काम र उनीहरुका आफन्त ३० /महिना ५०/महिना
अन्य विदेशी कामदार ६०/महिना ७५/महिना
विजनेश भिसा

 

 

 

 

१० करोडभन्दा बढीको लगानी गरेका विदेशी र उनका परिवार (एक वर्षभन्दा कमको मल्टीपल इन्ट्री भिसा) १० /महिना २०/महिना
१० करोडभन्दा बढीको लगानी गरेका विदेशी र उनका परिवार (एक वर्ष मल्टीपल इन्ट्री भिसा) १००/वर्ष २०० /वर्ष
१० करोडभन्दा बढीको लगानी गरेका विदेशी र उनका परिवार (५ वर्षको मल्टीपल इन्ट्री भिसा) ३०० ५००
१० करोड भन्दा कम लगानी भएको विदेशी र उनका परिवार (१ वर्ष भन्दा कम मल्टिपल भिसा अवधि) ३० /महिना ३५ /प्रतिमहिना
१० करोड भन्दा कम लगानी भएको विदेशी र उनका परिवार (१ वर्षे मल्टीपल भिसा) ३००/वर्ष ४००/वर्ष
आवासीय भिसा मल्टीपल इन्ट्री सुविधासहित नयाँ भिसा २०० ५००
भिसा नवीकरण १००/वर्ष २००/वर्ष

स्रोत : अध्यागमन विभाग

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?