+
+

भोजपुरमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जना वेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २८ गते १०:३३

२८ असार, भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ तुन्ताङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना वेपत्ता भएका छन् । शनिबार बिहान मान्छा घरमाथि पहिरो खस्दा ३५ वर्षीया मनकुमारी राई तथा उनका दुई छोराहरु १७ वर्षीय शिव कुमार र १५ वर्षीय शक्तिकुमार सम्पर्कविहीन भएका हुन् ।

उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामीले जानकारी दिए ।

‘बिहान मकै भुट्न भान्छामा छिरेलगत्तै पहिरो आएको र उनीहरुको अवस्था थाहा नभएकाले खोजी कार्य जारी छ,’ डिएसपी सलामीले भने, ‘निरन्तर पहिरो गइरहेकाले उद्धार गर्न पनि कठिनाई भइरहेका छ ।’

उद्धारका लागि मानेभन्जाङ प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?