२२ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबारे आधारभूत जानकारी दिने पुस्तक बजारमा आएको छ । विजनेसपाटी मिडियाले ‘बैंक, वित्त क्षेत्र र अर्थतन्त्र’ नामक पुस्त बजारमा ल्याएको हो ।
आर्थिक पत्रकारितामा सक्रिय रिसव गौतमले उक्त पुस्तक गौतमका अनुसार पुस्तकमा ‘क’ वर्गका सबै वाणिज्य बैकहरुको प्रोफाइल समेटिएको छ ।
यसैगरी पुस्तकमा विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनी, बीमा कम्पनी, रेमिटयान्स कम्पनी र सहकारीहरुबारे पनि प्रकाश पार्ने प्रयास गरिएको छ ।
पुस्तकमा दुई खण्डहरु भएको उनले बताए । पहिलो खण्डमा बैंक तथा वित्तीय क्षेत्र, बीमा, सहकारी संस्थाहरुको विषयमा जानकारी मूलक सामाग्रीहरु समेटिएको छ भने अर्को खण्डमा गौतमले नेपालको वित्तिय क्षेत्रबारेको लेख रचनाहरु समेटिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4