
९ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले नेपाल आईटीएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलालाई इन्टरनेसनल इस्ट्रक्टरको अवार्ड प्रदान गरेको छ ।
बुल्गेरियाको प्लभडिभ शहरमा सोमबार सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ आईटीएफको २७ औं कंग्रेसले धमलालाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको हो ।
आईटीएफ महासंघले विभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट ब्यक्तित्वलाई छनोट गरी आईटीएफ तेक्वान्दोमा उच्च योगदान गरेबापत प्रत्येक दुई–दुई वर्षमा सम्मान गदै आएको छ ।
यस बर्ष भने एसियाबाट नेपालका धमलाले पाएका हुन् । आईटीएफमा निकै महत्वपुर्ण मानिने अवार्ड धमलालाई आईटीएफका अध्यक्ष रि योङ सुनले प्रदान गरेका हुन् ।
‘मेरा लागि यो अवार्ड काम गर्न अझै उत्प्रेरित बनाउने माध्यम बनेको छ,’ धमलाले भने, ‘आगामी दिनमा नेपाली आईटीएफलाई अझै विकास गर्नका लागि नयाँ योजना बनाएर अगाडि बढ्नेछु ।’
प्रतिक्रिया 4