+
+

हार्दिक पाण्डेय भारतीय टिममा फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १३ गते १७:०२

१३ भदौ, काठमाडौं । हार्दिक पाण्डेय दक्षिण अफ्रिकासँग तीन टी–२० सिरिज खेल्ने भारतीय १५ सदस्यीय टिममा परेका छन् ।

उनी फास्ट बलर भुवनेश्वर कुमारको स्थानमा टिममा आएका थिए, जो वेष्ट इण्डिजलाई ३–० ले हराउँदा भारतीय टिममा थिए ।

यस्तै एमएस धोनीसँगै जलप्रित बुम्रालाई आराम दिइएको छ । भुवनेश्वर र बुम्राको अनुपस्थितिको अर्थ नभदिप सैनी, दीपक चाहर र खलील अहमदले भारतको बलिङ सम्हाल्नेछन् ।

यो सिरिज सेप्टेम्बर १५ बाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?