+
+

दाङमा नदी तर्दा र कुवामा डुबेर दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २० गते १६:५२

लमही (दाङ) । दाङको दङ्गीशरण गाउँपालिकामा खोलाले बगाउँदा एक मजदूरको मुत्यु भएको छ । वडा नंंम्बर ४ बैवाङस्थित बबई नदीको निर्माणाधीन पुलमा मजदूरी गर्दै आएका बर्दिया गुलरिया नगरपालिका-१२ टरुवा बस्ने अन्दाजी ४० वर्षीय पूर्णबहादुर सुनारको बबई नदी पार गर्ने क्रममा शुक्रबार बिहान नदीले बगाउँदा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै सोही गाउँपालिका-६ मैरवा बस्ने ४० वर्षीय कुलबहादुर खड्काको पनि शुक्रबार बिहान सार्वजनिक कुवामा डुबेर मुत्यु भएको हो । उनको मानसिक सन्तुलन ठीक नभएको खुल्न आएको प्रहरीले बताएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?